साथीको कुटपिटबाट एक युवकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा आईतवार राती साथीको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुँनेमा कटहरिया नगरपालिका १ हनुमान टोलका २५ वर्षिय सञ्जीव यादव रहेका छन् । आफ्नै घरमा बसी रहेका सञ्जीवलाई उनकै टोलका साथी राधे दासले बुधवार राति घरवाट बोलाएर लगेका थिए ।


साथीसँग घर बाहिर निस्किएका उनी केहीबेरपछि गम्भीर घाइते अवस्थामा फेला परेपछि तत्काल एम्बुलेन्समार्फत उपचारको लागी वीरगञ्ज लगिएको थियो ।

टाउको छातीलगायत शरीरका विभिन्न अंगमा चोट लागेर गम्भीर घाईते यादवको उपचारकै क्रममा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button