काठ तस्करी रोक्न असमर्थ सरकार



विजयकुमार साह
देश अहिले लकडाउनमा छ । लकडाउनका कारण देशैभरिका कलकारखाना, बजार व्यवसाय, कृषि, कार्यालय, यातायातलगायत सबै बन्द छन् । यहाँसम्म की एक ठाउँबाट अर्को ठाउँसम्म मानिसलाई हिँडडुल गर्न समेत रोक लागाइएको अवस्था छ । सरकारले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आफ्ना नागरिकलाई जोगाउन लकडाउन गरेको तीन साता बढि भईसकेको छ । कोरोनाको कहरले मधेश पनि त्राहीमाम बनिरहेको छ ।


तर , दुखको कुरा विश्व महामरीको यो चपेटामा समेत तस्करी मौलाएको छ । मान्छेहरु ज्यान जोगाउन घरमै क्वारेन्टाइनमा बसिरहँदा केही तस्करहरु भने कमाउ धन्दामा लागेको छ । यसैबीच धनुषा जिल्लामा काठ तस्करहरुका लागि लकडाउन बरदान साबित भएको छ । उनीहरुमा न त महामारीको डर छ, न त लकडाउनको प्रवाह । काठ तस्करी कार्यलाई तीब्र बनाएका छन् उनीहरु, त्यै पनि सरकारकाले कटान रोक लगाएको बेला तस्करहरुले सखुवा कटानलाई तीब्र पारेका छन् । धनुषा जिल्लामा मात्रै नभएर प्रदेश २ का आठै जिल्लामा काठको तस्करी यतिखेर मौलाएको छ ।

त्यसमा पनि धनुषा जिल्लाको उत्तर–पश्चिममा अवस्थित मिथिला नगरपालिकाको वडा नं. ११ तल्लो तुलसी ढाडखोलामा पर्ने सुन्दर सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी अत्याधिक बढेको छ । काठ तस्करीमा अधिकांश स्थानीयबासीकै संलग्नता छ । उनीहरुले वन कर्मचारी र प्रशासनको मिलोमतोमा काँचो साल र खयर लगायत बहुमुल्य काठहरु कटान गरेर बिक्री गर्ने गरेका छन् । जुन सबैका लागि दुखद हो । यसले लकडाउन जँगली वनश्पतीका लागि फलिफाप हुनु पर्नेमा धनुषामा भने भारी मात्रामा फँडानी बढ्नु उदेक लाग्दो कुरा हो ।

तल्लो तुलसीको करिब ८० प्रतिशत मानिस वन फडानीमा संलग्न रहेको स्थानीयबासीको दावि छ । त्यस क्षेत्र सखुवा र खयरको खानी मानिन्छ । अवैध रुपमा कटान गरिएका काठहरु महोत्तरीको बर्दिबासमा सञ्चालित फर्निचर उधोग, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी र जमुनिबासदेखि दक्षिणमा सञ्चालित सःमिलहरुमा लगेर बिक्री वितरण गर्ने गरेको पाईएको छ । काठ कटान रोक लगाउनु पर्ने सम्बन्धित निकाय यसरी सामूहिक रुपमै काठ तस्करी भईरहेपनि मौनता साँधेर बसेको छ । यसअघि मिथिला नगरपालिका ७ स्थित औरही खोला र बसि खोलाको सिरानबाट व्यापक काठ तस्करी भएपछि स्थानीय प्रहरी प्रशासनले सक्रियता बढाएपछि तस्करी रोकिदै गएको थियो । मिथिला नगरपालिकामा भइरहेको काठ तस्करी बारे मेयर हरिनारायण महतोले केही पनि बोलेका छैनन् । यहाँसम्म कि प्रदेश वन मन्त्रालय पनि मौनता साँधेको छ ।

तुलसी र पाटु क्षेत्रमा वन कर्मचारी र प्रहरी प्रशासनले बेला–बेला नियन्त्रणका प्रयास नगरेका भने होईनन् तर पर्यप्त निगरानी नहुँदा नियन्त्रण भएको छैन । चुरे क्षेत्रको संरक्षण र प्रवर्धन गर्न भन्दै लाखौँ डलर खर्चिरहेको राष्ट्रपति चुरे संरक्षण पनि यस विषयमा मौन देखिएको छ । यस अघि राष्ट्रपति चुरे संरक्षण समितिका विरेन्द्र यादवले चुरे संरक्षणका ठुलाठुला कुरा गर्दै आएपनि यस क्षेत्रमा भईरहेको काठ तस्करी बारे केही बोलेका छैनन् । वन क्षेत्रसँग सम्बन्धितहरुका अनुसार बढिरहेको काठ तस्करीमा यादवले साँधेको मौनताले उनीमाथि प्रश्न खडा भएको छ । धनुषा क्षेत्रमा भईरहेको गिटी बालुवा उत्खननमा मौनता साँधेर बद्नाम बनेका यादवले तुलसी र पाटु क्षेत्रमा भईरहेको अवैद्य काठ कटान नियन्त्रणमा कस्तो पहल गर्नेछन् त्यो हेर्न बाँकी छ ।

काठ कटानमा सरकारले रोक लगाएपछि भर्खरैबाट पूर्ववत अवस्थामा फर्कदै गएको वनजँगलमा तस्करहरुका नाईके र र उनिहरुको तस्करीलाई सहयोग गर्ने कर्मचारीलाई कानुनको दायरामा ल्याउनै पर्छ । वन कर्मचारी र प्रहरीको सक्रियतामा लकडाउन यता त्यस क्षेत्रबाट थुप्रै सालको काठ जताततै फालिएको अवस्थामा बरामद समेत भईसकेको अवस्थामा तस्करहरुलाई कानुनी कार्वाहीमा ल्याउनु राज्यको दायित्व हो भने स्थानियहरुले पनि उनिहरुलाई कानुनी कार्वाहीमा ल्याउन सहयोग गरे सचेत नागरिकको जिम्मेवार पुरा गर्नु पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button