महोत्तरीमा करेन्ट लागेर एक युवककको ज्यान गयो

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा करेन्ट लागेर बिहिवार बिहान एक युवककको ज्यान गएको छ ।
ज्यान जानेमा सम्सी गाउँपालिका–६ घर भएका गणेश साहका २४ वर्षीय छोरा रमेश साह रहेका छन ।
साहले बिहिवार बिहान आफ्नै खेतमा गाडेर राखिएको फलामको पाईप निकालेर अर्काे पाईपमा जोड्न लागेका थिए पाईप जोडने क्रममा बिद्युतको तारमा छुन पुग्दा उनी गम्भिर घाईते भएका थिए घाईते उनलाई उपचारका लागि स्थानिय क्लिनिकमा लगिएको थियो उपचारको क्रममा त्यहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनको शब पोस्टमार्टमकालागी जिल्ला अस्पताल जलेश्वर लगिएको बताईएको छ ।