२ महिनाको विद्युत् महसुल नगरपालिकाले तिर्ने



मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहाको कर्जन्हा नगरपालिकाले नगर भित्र समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल तिर्ने निर्णय गरेको छ ।
सरकारले गरेको लक डाउनका कारण नगरवासीमा परेको समस्यालाई मध्य नजर गर्दै नगरपालिका कार्यपालिकाको बैठकले समस्यामा परेका नागरिकले दुई महिना सम्म उपभोग गर्ने घर मिटरको विद्युत् महसुल तिर्ने निर्णय गरेको हो ।


बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका लागि रु २० लाखको स्वास्थ्य बीमा गर्ने निर्णयसमेत गरेको नगरप्रमुख गङ्गा पासवानले जानकारी दिए ।

उनले नगरका विभिन्न वडामा बसोवास गर्ने अति विपन्न, दलित दुई हजार परिवारलाई परिवार सङ्ख्याको आधारमा चार जनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, तीन किलो आलु, दुई किलो दाल, एक लिटर तेल र आधा केजी स्वाबिन तथा चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दरले राहत बितरण गरिएको नगरप्रमुख पासवानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button