महोत्तरीमा बन डढेलोमा परेर एक जनाको मृत्यु

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा बन डढेलोमा परेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१० निवासी ७० वर्षीय हर्क बहादुर बाईबा रहेका छन ।
वाईबा आफ्नो घरबाट सरस्वती सामुदायिक वनको बाटो हुंदै सोही बडा निवासी छोराको घर जांदै थिए छोराको घर जाने क्रममा बनमा लागेको आगोमा परेर उनको मृत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।