महोत्तरीको रामगोपालपुरमा रक्तदान



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको रामगोपालपुरमा मंगलवार रक्तदान गरीएकोे छ । सामुदायिक हस्पिटलको आयोजनामा गरिएको रक्तदानमा ३५ जनाले रक्तदान गरेको स्थानीय स्वास्थ्यकर्मी खुसी पटेलले जानकारी दिए ।


विश्वभर फैलिदै गएको कोरोना भाइरस संक्रमणको कारण सरकारले गरेको लकडाउनले रेडक्रसमा रगतको अभाव भएपछि रक्तदान गरिएको हो ।

रक्तदानमा स्थानीय युवा प्रदीप मण्डल, डोलाठी युनाईटेड क्लबका, धिरु साह, देवनारायण मण्डल, देवेन्द्र साह, डा. रविशंकर मण्डल, इन्जिनियर रामभगत मण्डलको संयुक्त समन्वय र सहकार्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button