बागमती नगरपालिकालाई सामुदायिक वनको २ लाख ६२ हजार सहयोग



मेरो प्रदेश सम्वाददाता
सर्लाही
कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनका कारण दुई छाक टार्न अत्यन्त कठिनाई भैरहेका विपन्न परिवारलाई राहत वितरणका लागी सर्लाहीको बागमती नगरपालिकालाई नगर क्षेत्र भित्र रहेको ६ वटा सामुदायिक वनहरुले राहत संकलन गरेको २ लाख ६२ हजार २८० रुपैंया नगरपालिकाका मेयर भरतकुमार थापालाई मंगलबार बिहान हस्तान्तरण गरेका छन ।


जय लक्ष्मिश्वरी ५१ हजार १००, सिद्धेश्वरी ५१ हजार, बागमती ५० हजार ५००, जनजागरण २५ हजार १२५, जयशिवशंकर ३५ हजार र ब्रम्हबाबा सामुदायिक वनले ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको सामुदायिक वन उपभोक्ता बागमती नगरस्तरिय महासंघका अध्यक्ष कृष्ण तुमसिंह मगरले जानकारी दिए ।

नगरपालिका भित्र ११ वटा सामुदायिक वन भएपनि ५ वटा सामुदायिक वन भने सहयोग गर्ने कार्यका लागि सम्पर्कमै नआएको अध्यक्ष मगरले बताए ।

लकडाउन लम्बिदै जाँदा आईपरेको विपदमा खर्च गर्न नगर प्रमुख थापालाई सामुदयिक वनले सहयोग गर्दै जाने अध्यक्ष मगरको प्रतिबद्धता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button