साह दम्पतिले बाड्यो ४१ विपन्न परिवालाई खाद्यन्य सामग्री



(महेन्द्रनगर) धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा ४१ विपन्न घरपरिवालाई एक दम्पतिले व्यक्तिगत रुपमा खाद्यन्य सामाग्री वितरण गरेको छ ।
काठमाडौंको बाँसबारीमा होटल व्यवसाय गर्दौ आएका तथा क्षीनपाको महेन्द्रनगरमा हालसालै घर बनाएर बसोबास थालेका शिव साह र उनको श्रीमति जानकी साहले ४१ विपन्न घरपरिवारलाई खाद्यन्य सामग्री वितरण गरेका हुन् ।


क्षीनपाको हर्जना टोल, पेपर मिल रोड, खानेपानी टंकी टोल र दुघमति टोलमा रहेका अति विपन्न र दलित परिवारलाई राहत स्वरुप खाद्यन्य वितरण गरेको साह दम्पतिले बताए ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न सरकारले गत ११ गतेदेखि देश व्यापी लकडाउन गरेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी दैनिक जीवनयापन गर्दै आएका परिवारलाई हातमुख जोर्न समस्या देखेपछि व्यक्तिगत रुपमै थोरै भएपनि राहत सामग्री वितरण गरेको साहले जनाए ।

राहत वितरण समयमा क्षीनपा वडा नं. ५ का वडा अध्यक्ष जीवछ मण्डल र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रतिनिधिको उपस्थिति रहेको छ ।

राहत वितरण गरेका शिव साह नेपाल स्वयम्सेवी रक्तदान समाज नामक संस्थाका केन्द्रिय सदस्य समेत रहेका छन् । उनी गंगालाल हृदय रोग अस्पताललगायतका उपचार गराइरहेका बिरामीलाई रगत खाँचो परेको खण्डमा सहज तरिकाले रगत उपलब्ध गराएर समाजिक सेवा गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button