विद्युत पोलमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु



(ढल्केवर) धनुषाको ढल्केवरमा मोटरसाइकल अनियन्त्रित भएर विद्युत पोलमा ठोक्किएपछि मोटरसाइकल चालकको मृत्यु भएको छ ।


बिहिबार अन्दाजी १० बजे राति ढल्केवर चौकबाट करिब १ किलो मीटर दक्षिणको जनकपुर जाने सडक खण्डमा विद्युत पोलमा ठोक्किएर धनुषाको धनौजी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २६ को अजयकुमार मण्डलको मृत्यु भएको हो ।

ढल्केवरबाट जनकपुर जाने क्रममा प्रदेश–२–०२–००२ प १६५७ नम्बरको मोटरसाइकलमा सवार मण्डल सडक छेउको विद्युत पोलमा ठोक्किएर सख्त घाइते भएका थिए । घाइते मण्डललाई उपचारको लागि जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले बताए ।

मृतक मण्डलको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रनि कार्कीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button