पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घटयो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
कोरोनाको संक्रमणबाट अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट संगै नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनको मूल्य अनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलकोे खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँको दरले घटाएको हो ।


मुल्य घटे संगै अब काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६,०० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको खुद्रा विक्री मूलय ८५ रुपैयाँ प्रति लिटर कायम गरिएको नेपाल आयल निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button