लालगढ कुष्ठरोग सेवा केन्द्रमा क्वारेन्टाइनको व्यवस्था



विजय साह
ढल्केवर (धनुषा) धनुषाको लालगढस्थित ‘लालगढ कुष्ठरोग सेवा केन्द’ ले क्वारेन्टाइनको रुपमा एउटा भवन प्रयोग गर्न दिने भएको छ ।


क्वारेन्टाइनको रुपमा उपलब्ध गराइएको भवनमा दस जनासम्म कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राख्न सकिने अस्पताल प्रशासनले जानकारी दिएका छन् ।

मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तथा पूर्व तयारी अनुरुप क्वारेन्टाइनका लागि भवनसहित सेवा सुविधा उपलब्ध गराइदिन अस्पताल प्रशासनसँग माग गरेका थिए । सोहीअनुसार अस्पताल प्रशासनले भवन दिएका हुन् ।

अस्पताल प्रशासनले क्वारेन्टाइनका लागि भवन दिएपनि स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीहरुको अभाव रहेको लालगढ कुष्ठरोग सेवा केन्द्रका निमित्त मेडिकल डाइरेक्टर कृष्ण बहादुर तामाङ्गले बताए ।

अस्पतालमा दक्ष जनशक्तिहरुको समस्या छ, यहाँ विशेष गरी कुष्ठरोग सम्बन्धि सिमिति डाक्टरहरु मात्र छन् । क्वारेन्टाइनमा कोरोना भाइरसका शंकास्पद बिरामी आइहालेमा समास्या सृजना हुने डाइरेक्टर तामाङ्गले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button