जङ्गल प्रवेशमा रोक



विजय साह
ढल्केवर (धनुषा) धनुषाको ढल्केवरमा लकडाउनको मौका छोपेर जङ्गलबाट घाँस दाउरा ल्याउनेहरुको संख्या बढेपछि स्थानीयबासी र सामुदायिक वन उपभोक्ता समितिले जङ्गल प्रवेशमा रोक लगाएको छ ।


ढल्केवर चौकदेखि करिब ४ किलोमीटर उत्तरमा सामुदायिक वन र राष्ट्रिय वन छ । सोही वनबाट घाँस दाउराका लागि मानिसको लाम लागेपछि जङ्गल प्रवेशमा रोक लगाएको पोखरीदमार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा मिथिला नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष समेत रहेका युवराज उप्रेतिले बताए ।

सरकारले कोरोना (कोभिड–१९) संक्रमणलाई बढन नदिन तथा न्यूनिकरण गर्न देशभर लकडाउन गरेको छ । जनतामा कोरोना संक्रमणलाई फैलिन नदिन सरकारले घरमै बस्न दिएको निर्देशनलाई हटेर गरी हुल बाँधेर जङ्गल जान थालेपछि रोक लगाउनु परेको अध्यक्ष उप्रतिले जनाए ।

बिहिबार मात्र अटो भाडा गरी जङ्गलतर्फ जान लागेका ३० जना जतिलाई जङ्गल जाने बाटोबाटै फर्काएको महिला समाजसेवी कल्पना कडारीले बताइन् । साइकल र टाउकोमै बोकेर ल्याउनेहरुलाई पनि जङ्गल जानबाट रोकेको उनले जनाइन् । उनीहरुलाई घरमै बस्न सल्लाह दिएर फर्काइएको छ ।

लकडाउनका कारण वन कर्मचारी र सुरक्षा निकायको ध्यान मोडिएकाले केहीदिनदेखि जङ्गलबाट घाँस, दाउरा र हरिया रुखको कटान बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button