टोलहरु यसरी हुँदैछ लकडाउन



विजय साह
ढल्केवर (धनुषा) अहिले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्न ग्रामीणबासी आ–आफ्नो टोललाई नै लकडाउन गर्नतर्फ लागेका छन्


ग्रामीणबासी टोलको प्रवेशद्वारमा कतै काठको मुढा त कतै बाँसले घेरा लगाएर टोल लकडाउन गरेको छ । कोरोना भाइरसले मानव जातिलाई पु¥याउने क्षति बारे सचेत हुँदै गएपछि बाहिरी मानिसको अनावश्यक आवागमनलाई रोक्न तथा टोलबासीलाई घरमै बस्न यसो गरेका हुन् ।

सरकारले देशलाई लकडाउनको आह्वान गरेको पहिलो र दोस्रो दिन खासै वास्ता नगरेका ग्रामीणबासी अहिले गम्भीर बनेका छन् ।
धनुषाको मिथिला नगरपालिकाको वडा नं. ६ र ७ को सीमा क्षेत्रमा पर्ने मुल सडकमा काठको मुढा ते¥साएर टोललाई लकडाउन गरेका छन् ।
टोलमा अनावश्यक व्यक्ति र अपरिचित व्यक्तिको आवागमन रोक्न टोलको विभिन्न ठाउँमा काठको मुढा राखेको स्थानीय समाजसेवी युवा योगेन्द्र महतोले बताए ।


यस्तै यसै नगरपालिकाको वडा नं. ४ पुष्पवलपुरमा पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण जाने टोललाई स्थानीयबासीले बाँसको घेरा लगाएर लकडाउन गरेका छन भने अन्य ग्रामीण टोलका सचेत नागरिकले विभिन्न पद्धति अपनाएर टोललाई लकडाउन गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button