प्रहरीको सक्रियता बढेपछि ढल्केवर पूर्णरुपमा ‘लकडाउन’



विजय साह
ढल्केवर (धनुषा) प्रहरीले आफ्नो सक्रियता बढाएपछि धनुषाको ढल्केवर पूर्णरुपमा ‘लकडाउन’ भएको छ ।


ढल्केवरलाई पूर्ण रुपमा लकडाउन गर्न बुधबार बिहानदेखि ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी आफ्नो सक्रियता बढाएका थिए । लकडाउनको दोस्रो दिन कडा रुख अपनाएका प्रहरीले नियमित रुपमा लाग्दै आएको तरकारी बजार र अनावश्यक आवतजावत बन्द गराएका छन् ।

सरकारले विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र न्यूनिकरण गर्नका लागि देश व्यापी लकडाउन गरेको छ ।
प्रहरीले लकडाउनको उल्घङ्घन गरेका २० वटा मोटरसाइकलको चाबी समेत नियन्त्रणमा लिएको छ । सडकमा सवारीसधान गुडाएर सरकारी निर्देशनको उल्घङ्घन गरेकाले मोटरसाइकलको चाबी नियन्त्रणमा लिएको ईप्रका ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले बताए ।
प्रहरीले यस महामारीबाट बच्न सचेतना अभियान पनि चलाएको छ ।

ईप्रका ढल्केवरको प्रहरी भ्यानमा साउण्ड सिस्टमको माध्यमले ढल्केवर चोकलगायत वरिपरिका बस्तीमा पुगरे कोरोना संक्रमणलाई नियन्त्रण र न्यूनिकरणका उपाय बारे सचेत गराएका थिए ।

यसैगरी जनकपुर घर भई भारतको बैंग्लोरमा ईन्जिनीयर बिषय पढ्दै गरेका ७ जना विद्यार्थी ढल्केवरमा देखापरेपछि उनीहरुको स्वास्थ्य परिक्षण पश्चात घरमै सेल्फ कोराइन्टाइन बस्ने शर्तमा ईप्रका ढल्केवरले घर जाने अनुमति दिएका छन् । पूर्वी नाका काकडभिठ्ठा हुँदै नेपाल प्रवेश गरेका ति विद्यार्थीहरु विभिन्न सवारी परिवर्तन गर्दै यहाँसम्म आइपुगेका थिए ।


प्रहरीले उनीहरुलाई ढल्केवरस्थित हेल्थपोष्टमा लगेर स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य परिक्षण गराउँदा स्वास्थ्य अवस्था सामान्य रहेको देखिएपछि घर जाने अनुमति दिएको ईप्रका ढल्केवरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button