वडा अध्यक्ष लक्ष्मीले बाँडे मास्क र साबुन



ढल्केवर (धनुषा) धनुषाको मिथिला नगरपालिका वडा नं. १ लक्ष्मीनिवासका वडा अध्यक्ष लक्ष्मी महतोले विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र न्यूनिकरणका लागि मास्क र साबुन वितरण गरेको छ ।


मंगलबार अध्यक्ष महतोले वडा नं. १ का सम्पूर्ण वडाबासीलाई घर–घरमै गएर मास्क र हातधुने साबुन वितरण गरेका हुन् । झण्डै ७ सय घरघुरी रहेको यस वडामा लगभग ५ हजार मास्क र प्रत्येक घरलाई हातधुने एउटा साबुन वितरण गरेको अध्यक्ष महतोले बताए ।


अहिले सरकारले कोरोना संक्रमणलाई नियन्त्रण र न्यूनिकरणका लागि लकडाउन गरेको र एकैठाउँमा भेला गरेर बाँड्दा संक्रमणको जोखिम झण बढ्ने हुनाले घर–घरमै गएर मास्क र साबुन वितरण गरेको जनाए ।

मास्क र साबुन वितरणसँगै वडाबासीलाई कोरोना संक्रमणबाट बच्ने उपायका बारेमा जानकारी समेत गराउने कार्य गरेको अध्यक्ष महतोले जानकारी दिए ।

मास्क र साबुन वितरण कार्यलाई मिथिला नगरपालिकाको उपप्रमुख तारालामा बस्नेतले एकबृद्धलाई मास्क पहिराएर शुभारम्भ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button