‘लकडाउन; उल्घङघन गरेका सवारी ढल्केवरमा रोकिए



विजय साह
ढल्केवर (धनुषा) ‘लकडाउन’ उल्घङ्घन गरेको ५० भन्दा बढी सवारीसधानलाई धनुषाको ढल्केवरमा प्रहरीले रोकेको छ ।


पूर्व–पश्चिम राजमार्गको ढल्केवरमा ईलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय ढल्केवरले संयुक्त रुपमा लकडाउन उल्घङ्घन गरेका सवारीसाधनलाई रोकेका हुन् । सडकमा सवारीसधान गुडाएर सरकारी निर्देशनको उल्घङ्घन गरेकाले रोकेको ईप्रका ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कार्कीले जनाए । सरकारले विश्व व्यापी रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र न्यूनिकरणका लागि देश व्यापी लकडाउन गरेको छ ।

प्रनि कार्कीले खाद्यन्य, औषधीलगायत अति आवश्यक बस्तु बाहेको सवारीसाधनलाई नरोकेको र अन्य खाली रहेका मालबाहक ट्रकलगायत सवारीसाधन रोकिएको जानकारी दिए । रोकिएको सवारीसाधनलाई सांझपख छोडिने छ ।

जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रमण रोग ऐन बमोजिम कारवाही गरिने प्रनि कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button