उदयपुरमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गयो ,,एक जना घाईते



मेरो प्रदेश सम्वाददाता
उदयपुर
उदयपुरमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएका छन । ज्यान जानेमा त्रियुगा नगरपालिका ९ झिल्केटोलका ६२ वर्षीय तिलक दनुवार र १४ वर्षीय रोशन दनुवार रहेका छन ।
चुहाडेबाट सदरमुकाम गाईघाटतर्फ गईरहेकोे स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका ३ जनालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका रोशनको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अपस्पतालमा आज बिहान मृत्यु भएको छ भने अर्का घाइते ६२ वर्षीय तिलक दनुवारको गएराती जिल्ला अस्पताल उदयपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका राजकुमारको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button