दुई हप्ताका लागि देशभरका सबै अदालत बन्द गर्ने निर्णय

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षमा बसेको सर्वोच्च अदालतको पूर्ण इजलासले देशभरका सबै अदालत चैत २२ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका अनुसार कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अदालत बन्द गरीए पनि बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने सुनवाइ नरोकिने जनाएको छ ।
यसैगरी नेपाल बार एशोसियसनले अदालतको सम्पूर्ण सुनुवाई स्थगित गर्न यस अघि नै सर्वोच्च अदालतलाई आग्रह गरेको थियो ।