प्रदेश २ चल्ने सवारीमा पनि ‘टाइम कार्ड’ लागु



विजय साह
ढल्केवर (धनुषा) प्रदेश २ ट्राफिक प्रहरीले पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना न्यूनिकरण गर्न समय सीमा (टाइम कार्ड) लागु गरेको छ ।
शुक्रबार धनुषाको लालढस्थित रिफ्रेस सेन्टरमा एक कार्यक्रमको आयोजना गरी ट्राफिक प्रहरीले टाइम कार्ड लागु गरेका हुन्् ।


ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक परशुराम घिमिरेले पहिलो सवारी चालकलाई दोसल्ला तथा अविर मालाले सम्मान गर्दै टाइम कार्ड वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।


टाइम कार्ड लागु भएपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीका चालकले पूर्वको भारदह, शम्भुनाथ, लहान, बन्दीपुर, लालगढ, कर्मैया, निजगढ र पथलैया ट्राफिक बीटमा इन्ट्रि गर्नुपर्ने छ भने बर्दिबास हुँदै विपि राजमार्ग भएर जाने सवारीले सोही ठाउँको टाइम कार्ड प्रयोग गर्नुपर्ने प्रनि घिमिरेले जनाए ।

प्रनि घिमिरेले चालकलाई सहजै चिन्न सकिने अंकित भएको पहिरन लगाउन, गाडीभित्रै डस्टबिन राख्न र अग्नी नियन्त्रण राख्न चालकहरुलाई सुझाव समेत दिएका थिए । अहिले विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्न् तथा स्वास्थ्य सुरक्षाप्रति सजगताका लागि प्रत्येक ट्राफिक बिटमा ह्याण्ड वासले हात धुने व्यवस्था समेत गरेको प्रनि घिमिरे बताए ।


कार्यक्रमा ट्राफिक सचेतना बोर्डलगायत कार्यक्रम आयोजना आर्थिक सहयोग गरेका बौवा होटलका सञ्चालक, रिफ्रेस सेन्टरका इन्चार्ज प्रसनी दिपेश सुवेदी र ढल्केवर ट्राफिक प्रहरी कार्यालयका दिपेन्द्र झाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button