प्रदेश २ नामाकरणको चारै प्रस्ताव फेल,



मेरो प्रदेश सम्वाददाता
धनुषा


प्रदेश २ का सत्तारुढ दल समाजवादी पार्टी र राजपाले प्रदेश २ लाइ प्रस्ताव गरेको ‘मधेश प्रदेश’को पक्षमा मात्र ६० मत परेको छ। विपक्षमा ४६ मत परेको छ। एक मत बदर भएको छ।
नाम स्वीकृत हुन दुई तिहाइ बहुमत आवश्यक पर्छ। जसका लागि १ सय ७ मध्ये ७२ मत पुग्नुपर्छ।
नामको विषयमा सत्तारूढ समाजवादी पार्टी र राजपा नेपालले मधेश प्रदेश, नेकपाले जानकी प्रदेश, नेपाली कांग्रेसले मिथिला भोजपुर प्रदेश र कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले मध्य मधेश नाम प्रस्ताव गरेका थिए।
यसअघि नेकपाद्वारा प्रस्तावित नाम ‘जानकी’मा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो भने कांग्रेसको मिथिला भोजपुरा नामको पक्षा मात्र २८ र मध्य मधेशको पक्षमा ४२ मत खसेपछि सबै प्रस्ताव खारेज भएको थियो।
प्रदेश २ को प्रदेश सभामा १ सय ७ सदस्य छन्। प्रदेश २ मा सबै दलले आआफ्नो नाम प्रस्ताव गरेका थिए।

चारवटै प्रस्ताव फेल भएपछी अब दलहरुले पुनः प्रस्ताव दर्ता गराउनुपर्नेछ।
फेरि सुरुदेखि नै मतदान प्रक्रियामा जानुपर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button