सिन्धुलीमा करेन्ट लागेर एक जनाको ज्यान गयो,,तिन घाईते



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलन रहेकी छिन
शनिबार राती २ बजेति बत्ती बाल्ने क्रममा करेन्ट लागेर भोलनको ज्यान गएको हो ।
हावाहुरी चलेका कारण बिद्युत शर्ट भएर करेण्ट लागेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
करेण्ट लागेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
भोलनलाई करेण्ट लागेपछि उनका परिवारले छिमेकीसंग हारगुहार गरेपछी सहयोग गर्नका लागि आफ्नै घरमा बत्ती बाल्दा अरु तीन जना छिमेकी घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा देवकुमारी घिसिङ, पदमबहादुर वाइब र ज्ञानबहादुर थिङ रहेको र उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button