लागु औषधसहित सिरहाबाट एकजना पक्राउ

मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहा प्रहरीले प्रतिबन्धित लागु औषधसहित सिरहा नगरपालिका–१२ राधाकृष्ण मन्दिर छेउबाट एक युवकलाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा
सिरहाको कल्याणपुर नगरपालिका–६घर भएका २७ वर्षीय मोहमद मुम्ताज रहेका छन । उनको साथबाट नाइट्राजेपान आठ थान, नाइट्राभेट ४५ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।