मन्त्री अर्यालको नेतृत्वमा निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरेर बनाईएका घर, टहरा भत्काईयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशला नगरपालिकास्थित निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरेर बनाईएका घर, टहरा आज भत्काइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० घर टहरा आज भत्काइएको हो।


मन्त्री अर्यालले मिचिएका निगौल गाई गौशालाको जग्गा फिर्ता गर्ने सरकारको नीतिअनुसार नै घर टहरा भत्काउन लागिएको जानकारी दिइन् । उनले यहाँ रहेका ३० घर मध्ये ३ घर परिवार मात्रै सुकुम्बासीरहेकोे र अन्य सुकुम्बासीको नाममा हुुकुमबासीहरुले जग्गा अतिक्रमण गरेको दाबी गरिन् । उनले सार्वजनिक तथा गुठीका जग्गा अभिक्रमित गर्ने अभियान काठमाडौंबाट सुरु भएको र प्रदेश नम्वर २ मा महोत्तरीको गौशलाबाट सुरु भएको बताइन्। मन्त्री अर्याल घर टहरा भत्काउन हेलिकप्टरबाट महोत्तरीको गौशला आएकी हुन् । शनिबार साँझ ५ बजेभित्रमा घरटहरा हटाउन गाई गौशालाले अन्तिम सुचना जारी गरेको थियो । सूचनालाई अटेर गरे कुनै पनि समयमा संरचना भत्काउन सक्ने यसअघि दिएको ३५ दिन समयावधि फागुन १२ मै सकिसकेको थियो।
अन्तिम अल्टिमेटम सकिए पनि यसरी घर भत्काइएला भन्ने नठानेका स्थानीयहरुले कुनै पूर्व तयारी गरेका थिएनन् ।
निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाईएको घर टहरा भत्काउन तीनवटा डोजर प्रयोग गरिएको छ । टहरा भत्काउन प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री आफै स्वयं खटिएका थिए । अतिक्रमण गरी बनाईएका ३० ओटा घर टहरा मध्य ४ वटा पक्की घर रहेको र साँझ सम्म अतिक्रमण गरी बनाईएका सम्पुण घर टहरा भत्काइ सकिएको निगौल गाई गौशालाका प्रमुख राधेश्याम खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button