बिषादियुक्त खाद्यान्न र तरकारी उत्पादन , प्रयोग बढ्दा मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको ,,मन्त्री पोखरेल



गोपाल प्रसाद बराल
महोत्तरी
शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चाँडै धेरै कमाउने होडले रसायन र बिषादियुक्त खाद्यान्न र तरकारी उत्पादन , प्रयोग बढ्दा आम मानिसको स्वास्थ्यमा प्रतिकुल असर परेको बताएका छन । शुक्रबार महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडामा आधारशीला महोत्तरीको आयोजना र जनता माध्यमिक बिद्यालय गौरीडाँडाको सहआयोजनमा सम्पन्न प्राङ्गारिक खेतीपाती अवधारणा र अभ्यास बिषयक कार्यशालामा मन्त्री पोखरेलले स्वस्थ्य र दीर्घ जीवनका लागि अब आफ्नै खानपान, आहारब्यवहार र कामलाई ध्यान दिन आवश्यक रहेको बताएका हुन । उनले


आफ्नै जीवनलाई प्राथमिकतामा राखेर महत्व दिन सबैसँग अपिल गरेका छन्
आधारशीला महोत्तरीका संरक्षक र नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पोखरेलले शिक्षालाई ब्यवसाय, ब्यवहार र सिपसँग जोड्न जोड दिदै अब कृषि बिषयको पठनपाठन सञ्चालन गर्दै आएका बिद्यालयले कक्षा कोठामा मात्र नभएर प्रयोगात्मक अभ्यास खेत खलिहानमै बिद्यार्थीलाई गराउनु पर्नेमा पोखरेलले जोड दिएका छन । कार्यक्रममा जैविक नेपाल अभियानका संयोजक तथा पुराना बामपन्थी नेता सोनाम साथीले प्राङ्गारिक खेतीको महत्व र सन्तुलित , स्वस्थ्य भोजनबारे पाठ्यक्रम नै बनाउन पर्ने सल्लाह दिएका छन् । कार्यक्रममा कृषि तथा वातावरण विज्ञ रोमलाल गिरीले भान्सा औषधालय र भान्से बैद्य हुने कुरा प्राङ्गारिक उत्पादनका खाद्यान्न, फलफुल र तरकारी भान्सामा पुगेपछि मात्र सम्भव हुने बताएका छन् । त्यसैगरि खाद्य विज्ञ डा .कृष्ण पौडेल, डेनमार्कको कोपेनहेगन कृषि बिश्व बिद्यालयका मत्स्य विज्ञ डा. जीवन क्षत्री, कृषि तथा वन विज्ञान बिश्व बिद्यालय रामपुर चितवनका माटो विज्ञ डा. बाबुराम खनाल, डेनमार्कस्थित ग्रिन एफ अन्तराष्ट्रिय कृषि अनुसन्धान केन्द्रका अनुसन्धान निर्देशक धनेश्वर कार्की, बिश्व खाद्य सङ्गठनको रोमस्थित कार्यालयका खाद्य विज्ञ डा. राम भण्डारीसहितका विज्ञले प्राङ्गारिक खेतीको महत्व र यसले मानव जीवनमा देखिने सकारात्मक सुधारका बिषयमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए ।. कार्यक्रम आधारशीला महोत्तरीका अध्यक्ष दिपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button