दिलिपलाई न्याय माग्दै बर्दिबासमा प्रदर्शन



ललन मण्डल
बर्दिबास (महोत्तरी चुरे तथा वन जङ्गल संरक्षण अभियानले पूर्व निर्धारित कार्यक्रमअनुसार महोत्तरीको बर्दिबासमा दिलिप महतोलाई न्याय माग गर्दै प्रदर्शन गरेको छ ।


टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता दलिपले न्याय पाउनु पर्ने माग गर्दै बर्दिबासमा प्रर्दशन गरिएको हो ।
प्रदर्शनकारीहरुले दिलिप महतोलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा, हत्या अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन, पिडित परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था, दोषीलाई कडा कारबाही, चुरे तथा वनजङ्गल सुरक्षित हुनुपर्ने माग गरेका थिए ।

प्रदर्शनका सहभागिहरुले बर्दिबासको चौक परिक्रमा पश्चात कोणसभाको आयोजना गरेका थिए । कोणसभामामा बर्दिबास नगरपालिका वडा नं.१ का वडा सदसय निरज अधिकारीले जबसम्म दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गरिदैन तबसम्म अभियान जारी रहने बताए ।
तराई मधेस चुरे संरक्षण अभियानका अध्यक्ष सुनिल यादव, दिलिपको बहिनी संगम महतो लगायतका वक्ताहरुले कोणसभामा सम्बोधन गरेका थिए ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका रामजीवन महतोको २४ बर्षिय छोरा ओमप्रकाश महतो भन्ने दिलिपलाई गएको पुष २५ गते शुक्रबार रडले घोचेर हत्या गरी हत्यालाई दुर्घटनामा परिणत गर्न टिपरले किचेको थियो । दिलिपको हत्या अभियोगमा प्रहरीले ६ जनालाई प्रक्राउ गरेका मध्ये बिहिबार तीन जनालाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ भने तीनजनालाई धरौटीमा रिहा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button