लागु औषधसहित ढल्केवरमा एकजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) धनुषाको ढल्केवरमा लागु औषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।


ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले मिथिला नगरपालिका वडा नं. ६ बस्ने मनिसकुमार महतोलाई लागु औषधसहित बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका महतोमाथि शंका लागेर सोधपुछ र शरिर तसाली गर्दा निजको साथबाट तत्काल एक्स्प्लोन नामक लागु औषध १ बोतल फेला परेको थियो । उनलाई थप सोधपुछ गर्दा घरभन्दा केही टाढा रहेको परालको टालमा लागु औषध लुकाई राखेको बताएपछि सो ठाउँमा खोजबिन गर्दा एक्स्प्लोन ४२ बोतल, नाइट्रोभेट टेन १० पता फेला परेको ईप्रका ढल्केवरका प्रहरी निरिक्षक तिर्थ कुमार कार्कीले बताए ।
लागु औषध बरामद भएको हुँदा महतोलाई सोही बखत पक्राउ पुर्जि दिई नियन्त्रणमा लिएको प्रनि कार्कीले जनाए ।

लागु औषधसहित पक्राउ परेका महतोमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत धनुषाबाट म्याद थप गरिएको ईप्रका ढल्केवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button