दुर्घटना न्यूनिकरण गर्न चालकको स्वास्थ्य परिक्षण



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक दर्घटना न्यूनिकरण गर्न चालकको स्वास्थ्य परिक्षण तथा सचेतना कार्यक्रम गरेको छ ।


बिहिबार ट्राफिक प्रहरीले धनुषाको मिथिला नगरपालिका ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा स्वास्थ्य शिविर संचालन गरेर चालकहरुको स्वास्थ्य परिक्षण गरेको हो । पूर्व–पश्चिम राजमार्ग गुड्ने छोटो तथा लामो दुरीका सवारीसधानका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

ढल्केवरका भोगेन्द्र स्वास्थ्य उपचार केन्द्र र ओम शान्ति पोलिक्लिनिका स्वास्थ्यकर्मीले शिविरमा स्वास्थ्य परिक्षण गरेको थियो ।


शिविरमा आँखा र प्रेसरलगायतका स्वास्थ्य जाँच गरिएको थियो भने चालकहरुलाई स्वास्थ्यप्रति सजग रहन र सावधानी पूर्वक सवारी गुडाउन सचेतना कार्यक्रम गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक परशुराम घिमिरेले बताए ।

सडकमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न बेला–बेलामा स्वास्थ्य जाँच र सचेतना कार्यक्रम गर्दै आएको प्रनि घिमिरेले जनाए ।

स्वास्थ्य तथा सचेतना कार्यक्रममा मिनपाका नगरप्रमुख हरिनारायण महतो, ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कुमार कार्की, ट्राफिक चेकपोष्ट ढल्केवरका प्रनानी सपत लाल साह, प्रह दिपेन्द्र झा, दारी ग्याङ्ग समूहका देवराज घिमिरेलगायत ट्राफिक प्रहरी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button