दिलिपलाई न्याय दिलाउ जनकपुरदेखि–काठमाडौंसम्म विरोध प्रदर्शन गरिने



ढल्केवर (धनुषा) अवैध उत्खननविरुद्धका अभियन्ता स्वर्गीय दिलीप महतोलाई न्याय दिलाउन जनकपुरदेखि काठमाडौंसम्म विरोध गर्ने निर्णय गरिएको छ ।


आज (सोमबार) जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी चुरे तथा वनजंगल संरक्षण अभियानले दिलीपलाई न्याय दिलाउन संघर्ष समिति गठन गरी दवाव दिने घोषणा गरेको हो ।

दिलीपको हत्यामा संलग्न अझै केही आरोपीहरु फरार रहेको भन्दै अभियानले ७ सदस्यीय संघर्ष समिति गठन गरेर दवाब दिने योजना बनाएको छ ।

संघर्ष समितिको संयोजकमा सुनिल यादव, सहसंयोजकमा रामकुमार महतो एवं सदस्यहरुमा गुञ्जा राय,राजुकुमार सिंह, अमन यादव, अरुण महतो तथा संगम कुमारी महतो रहेका छन् ।
समितिले दवाब दिने उद्देश्यले विभिन्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।

मितिले पहिलो चरणको संघर्षको कार्यक्रमहरु अन्तर्गत माघ २९ गते ढल्केवरमा विरोध प्रदर्शन गर्नेछ । त्यस्तै फागुन १ गते सिरहाको लहान, फागुन २ गते महोत्तरीको बर्दिवास, फागुन ३ गते सर्लाहीको लालबन्दी र काठमाडौं माइतीघर मण्डला फागुन ४ गते रौतहटको चन्द्रनिगाहपुर, फागुन ५ गते बाराको सिमरा र फागुन ६ गते पर्साको विरगंजमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको सामाजिक अभियन्ता सरोज रायले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका सदस्य समेत रहेको दिलीपकी बहिनी संगम कुमारी महतोले आफ्नो दाईले पर्यावरणकै लागि आफ्नो ज्यानको आहुती दिएकाले उनलाई सहिद घोषणा गर्न सरकारसँग माग गरिन् । उनले भनिन्,’हामी एकदिन भोकै बसेपनि कुनै फरक पर्दैन तर चुरे विनास भयो भने हामी एकक्षण पनि बाँच्न सक्दैनौं ।’ राम्रो काम गर्नेबाला व्यक्तिको धेरै दुश्मन रहन्छ तसर्थ दीलिपले पनि राम्रो काम गर्न खोज्दा उनको पनि हत्या गरियो,उनले भनिन ।’

प्रहरीले अनुसन्धानमा गम्भिरता नदेखाईरहेको आरोप लगाउँदै दिलीप हत्याको उच्चस्तरीय न्यायिक छानवीन समिति बनाएर फरार रहेका दोषीहरुलाई कानूनी दायरामा ल्याउन संघर्ष समितिले माग समेत गरेको छ । यसका साथै समितिले दिलीपलाई पर्यावरणीय शहीद घोषणा गर्न समेत माग गरेको छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ताहरुले दीलिप महतोलाई सहिद घोषणा गर्नुका साथै दोषीहरुमाथि हदैसम्मको कारबाहीको माग गरेका थिए । द नेपालटपबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button