सहजीकरणका लागि खोला अनुगमन



विजयकुमार साह
ढल्केवर (धनुषा) सरोकारबाला निकाय सम्लित टोलीले सहजीकरणका लागि धनुषाको मिथिला नगरपालिका अन्तर्गत पर्ने विभिन्न खोला अनुगमन गरेको छ ।


आइतबार जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख तथा अनुगमन टोलीा संयोजक दिपक झाको नेतृत्वमा सरोकारबाला निकाय सम्लित टोलीले खोला अनुगमन गरेका हुन् । उनीहरुले मिनपा अन्तर्गत रहेक रातु, बडहरी, बसही, औरही र जलाद खोलाको अनुगमन गरेका थिए ।

अनुगमन पश्चात संयोजक झाले पहिलो चरणमा मिनपाले ठेक्का लगाएको खोलाको अनुगमन गरेको बताए । ठेकेदार पक्षले शर्त बमोजिम दायित्व पालना गरे नगरेको बारे बुभ्mन अनुगमन टोली खटिएको छ । दायित्व पुरा नगरेसम्म नदीजन्य पदार्थ उत्खनन क्रसर उघोग बन्द रहने छ । केठेदारपक्षबाट पनि मापदण्डभित्र रहेर कार्य गर्ने भनि प्रतिवद्धता आएकोले सहजीकरणका लागि अनुगमन गरेको संयोजक झाले जनाए । उनले जिल्ला समन्वय समितिको यसअघिको निर्देशनअनुसार मापदण्ड विपरित नदीजन्य उत्खनन र क्रसर उघोगका सम्पूर्ण गतिविधि बन्द गरिएको जानकारी दिए ।

अनुगमन टोलीमा वन कार्यालय धनुषाका सहायक वन अधिकृत चन्देश्वर प्रसाद साह,ईलाका प्रहरी कार्यालय ढल्केवरका सई मानबहादुर तामाङ, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रतिनिधि, मिथिला नगर पालिकाका इञ्जिनियर ज्ञानेन्द्र देव, शसस्त्र प्रहरी बल धनुषाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, ठेकेदार बेचन शर्मा र सञ्चारकर्मीलगाएतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button