आर्थिक आयआर्जनका लागि विपन्नलाई बाख्रा

मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) धनुषाको मिथिला नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष युवराज उप्रेतिले विपन्न परिवारलाई उन्नत जातको बाख्रा वितरण गरेका छन् ।
अध्यक्ष उप्रतिले विपन्न परिवारले बाख्रा पालन गरेर आर्थिक आयआर्जन गर्ने उद्देश्यले बाख्रा वितरण गरेका हुन् ।
वडा विकास कार्यक्रम अन्तर्गत आइतबार नगरपालिकाको कार्यालय ढल्केवरमा एक कार्यक्रमको आयोजना गरी वडा नं.७ मा बस्ने १५ जनालाई विपन्नलाई उन्नत जातका बाख्रा वितरण गरेको वडा अध्यक्ष उप्रेतिले बताए ।