रौतहटमा प्रहरीको हवाई फायरबाट तस्कर पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहट प्रहरीले शनिबार राति हवाई फायर गरेर एक भारतीय तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यको पूर्वी चम्पारण कुण्डवा चैनपुर घरभएका १८ वर्षीय सचिन गोसाइँ रहेका छन ।
प्रहरीले विशेष सुराकीको आधारमा सिमावर्ती मठिया नाकाबाट
जिल्ला प्रहरी कार्यालय गौर र प्रदेश २ बाट खटिएको संयुक्त टोलीले तस्करीको माध्यमबाट भारततर्फ लैजान लागिएको ७० बोरा केराउ बरामद गरेको र तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक रवीराज खडकाले जानकारी दिए ।


प्रहरीका अनुसार शनिबार राति १२ बजेको समयमा मठिया गाउँ नजिकै करिब १५ जनाको संख्यामा भारतीय तस्कर जम्मा भएका थिए ।

प्रहरीको गस्ती टोलीलाई देखेर तस्करहरु भारततर्फ भाग्न लागेका थिए । सो क्रममा प्रहरी टोलीले चार राउण्ड हवाई फायर गरेर तस्करलाई नियन्त्रणमा लिने प्रयास गरे पनि अन्य तस्करहरु भागेको र सचिन पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गोसाइँको बयानको आधारमा भारतीय तस्करहरुले एकजना स्थानीयको घरमा भण्डारण गरेको ७० बोरा केराउ प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद ३० क्वीन्टल केराउको भारतीय बजार मूल्य तीन लाख रुपैयाँभन्दा बढी रहेको प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button