नम्बर मेटिएको सवारीमाथि ट्राफिकको नजर

मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) धनुषाको ढल्केवरस्थित ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरीले गाडीको नम्बर स्पष्ट नदेखिने सवारीसाधनप्रति कडाई गरेको छ । ट्राफिक प्रहरीले प्रष्ट नम्बर नदेखिने र नम्बर मेटिसकेका सवारीसाधनलाई कडाई गरेका हुन् ।
ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत प्रष्ट नम्बर नदेखिने र नम्बर मेटिसकेका सवारीसाधनलाइ रोकेर नम्बर लेखाएर मात्र झाड्ने गरेको प्रनानी समत लाल साहले बताए । गाडी नम्बर टाढैबाट हेर्ने, पढ्न र सवारी दुर्घटनापछि खोजीनितिमा सहजता होस भनी यस्ता सवारीसाधनमाथि कडाई गरिएको प्रनानी साहले जनाए । ‘स्पष्ट देखिने अक्षर र नम्बर लेखाएर मात्र झाड्न गरेका छौं,’ ‘जरिवाना गर्दैनौं’ प्रनानी साहले थपे ।
ट्रयाक्टरको पछाडि लाइट स्टीकर समेत टाँस्ने गरेका छौं, ‘रात्रीकालिन अवस्थामा पछाडिबाट आउने गाडिले अगाडि ट्रयाक्टर रहेको सजिलै बुभ्mन लाइट स्टीकर टाँस्ने गरेको प्रह दिपेन्द्र झाले बताए ।’ अधिकांश ट्रयाक्टरको पछाडि भागमा लाइट सङ्केत नहुनाले दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरण गर्न लाइट स्टीकर टाँस्ने गरेको प्रह झाले जनाए ।