जर्मन फस्ट लेडी एल्के मिथिला नगरपालिकामा



विजयकुमार साह


ढल्केवर (धनुषा) जर्मन फस्ट लेडी एल्के बुडेनबेंडर युनिसेफद्वारा सञ्चालित कार्यक्रम बारे अवलोकन गर्न धनुषाको मिथिला नगरपालिकामा आएका छन् ।

युनिसेफको सहकार्यमा स्वास्थ्य, पोषण, शिक्षा, बाल संरक्षण, खानेपानी र सरसफाई, विपद जोखिम न्यूनिकरण सम्बन्धी मिनपामा भइरहेको कार्यको उपलब्धी र अझ सुधारको आवश्कता बारे प्रत्यक्ष बुभ्mन जर्मन फस्ट लेडी एल्के यहाँ आएकी हुन् ।
बिहिबार दिउँसो नगरपालिकाको सभाकक्षमा करिब १५ जनाबढी सदस्यसहित आएकी जर्मन फस्ट लेडी एल्केले देश संघीयतामा आएपछि विभिन्न समस्या छ, र समास्यका बावजुद पनि युनिसेफको अवधारणालाई आत्मासाथ गर्दै उपलब्धी मुलक कार्य भएकोमो सबैलाई धन्यवाद दिइन् ।

नगर प्रमुख हरिनारायण महतोले जर्मन फस्ट लेडी एल्केसहित आएका टोलीलाई स्वागत गर्न पाउँदा एकदमै खुशी लागेको बताए । बिगत दुई बर्षदेखि युनिसेफले नगरपालिकासँगको सहकार्यमा भएका कार्यहरु निकै उपलब्धी मुलक भएको नगरप्रमुख महतोले जानकारी गराएका थिए । उनले अहिलेसम्मको तथ्याङ्कअनुसार पोषणको क्षेत्रमा दुई बर्षभित्र १२ प्रतिशतबाट शुन्यमा झारेको बताए ।


नगरउप्रमुख तारा लामा बस्नेतले युनिसेफ र नगरपालिकाको सहकार्यमा भएको उपलब्धी र थप गर्नुपर्ने कार्य बारे तथ्याङ्कसहित प्रतिवेदन पढेर सुनाइकी थिइन् । उनले समाजिक क्षेत्र बिशेष गरी महिला र बालबालिकाको क्षेत्र विभिन्न थप नतिजाहरु हासिल गर्न सफल भएको जानकारी दिइन् । नगरउप्रमुख ताराले बालश्रम, बाल विवाह, दहेज प्रथा र भ्रुण हत्या मुख्य चुनौतिको रुपमा रहेको बताउँदै लैङ्गिक विभेद व्याप्त रहेको साथै शिक्षाको पहुँचबाट १८.२ प्रतिशत बालबालिका बञ्चित रहेको बताइन् ।

जर्मन फस्ट लेडी एल्के नगरपालिकाको कार्यक्रम पश्चात यसै नगरपालिकाको वडा नं. २ विश्वकर्मा चौकमा महिला तथा बालबालिकाले सञ्चालन गर्दै आएको गतिबिधि बारे बुझेकी थिइन् ।


यसैगरी यस नगरपालिकाको वडा नं. ५ विश्रामपुर युनिसेफ र नगरपालिकाको सहकार्यमा सञ्चालित बाल ज्ञान क्लबको अवलोकन गरेकी थिइन् । त्यहाँ उनलाई क्लबका सदस्यहरुले स्वास्थ्य, पोषण, शिक्षा, बाल संरक्षण, खानेपानी र सरसफाई, विपद जोखिम न्यूनिकरण सम्बन्धी सिकेका सिकाईका बारे जानकारी गराएका थिए । फस्ट लेडी एल्केलाई क्लबका सदस्यहरु तथा बालबालिकाहरुले क्लबको स्थापन र उद्देश्यका बारेमा जानकारी गराउँदै विपद जोखिमको समयमा कसरी उद्दार गर्ने र सरसरफाई कसरी राख्ने सम्बन्धी जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button