ढल्केवरमा दालमोठ उघोगमा आगलगी, करोडको क्षति

मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर स्थित न्यु विकाजी दालमोट उघोगमा गएराति आगलगीबाट साढे तीन करोड मुल्य बराबरको सम्पति जलेर नष्ट भएको छ ।
आगलगीबाट उघोगमा भएको उपकरण, तयारी अवस्थाका सामान र घर समेत पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलगीबाट झण्डै साढें तीन करोड मुल्य बराबरको नोक्सान भएको सञ्चालक नन्दकिशोर यादवले जानकारी दिए ।
सोमबार राति साढे एक बजेतिर उघोगमा आगलगी भएको थियो । आगलगीका कारण खुल्न सकेको छैन भने विधुत सट भइ आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।
उघोग परिसरको छुट्टै कोठामा सुतिरहेका कामदार रामउदगार दासले ‘केही पड्को जस्तो आवाज सुनेपछि उठेर हेर्दा उघोगको भवनभित्र पुरै आगो लागेको देखेँ,’ ‘त्यसपछि गाउँमा हल्ला गरेको बताए ।’ गाउँमा हल्ला घरको केही बेरपछि इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएका प्रहरी टोली आगो नियन्त्रणका लागि आए । प्रहरीले बरुण यन्त्रका सहायताले आगो नियन्त्रणमा लिएको दासले जनाए ।