दिलिप हत्या काण्ड ः ओबिसीले गृहमन्त्रालय घचघच्याउने



मेरो प्रदेश सम्वाददाता


ढल्केवर (धनुषा) पर्यावरण अभियन्ता दिलिप महतोको हत्याको घटना सम्बन्धमा पिछडावर्ग समाज (ओबिसी) ले पाँच बुँदे माग राख्दै संघीय सरकारका गृहमन्त्रालय र वन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने भएको छ ।

पिछडावर्ग (ओबिसी) को माघ १८ गते बसेको केन्द्रिय कार्य समितिको बैठकले धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ बर्षिय दिलिपलाई षडयन्त्रपूर्वक हत्या गरिएको घटनाप्रति खेद प्रकट गर्दै पिछडावर्गबाट संघर्षरत रहँदै निम्न बुँदाको माग राखी गृहमन्त्रालय र वनमन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको ओबिसीले शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइको छ ।


प्रेस विज्ञप्तिमा दिलिपलाई प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषणा, उच्चस्तरीय छानबिन समिति गठन, दोषिलाई कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही, पिडित परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था र अवैध रुपले गिट्टी, बालुवा उत्खनन बन्द गर्नुपर्ने माग सहितको ज्ञापनपत्र माघ २१ गते गृहमन्त्रालय र वनमन्त्रालयमा बुझाउने उल्लेख गरिएको छ ।

उल्लेखित मागहरु पुरा गराउन साँङ्केतिक कार्यक्रमहरु जारी राख्दै संघर्षरत रहने र उक्त मागहरु समयमै पुरा नभए शसक्त आन्दोलनमा उत्रने चेताबनी दिँदै सोबाट पर्ने जाने असरको सम्पूर्ण जिम्मेवारी राज्य स्वयम् हुने ओबिसीका महासचिव नथुनी कुशवाहाले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button