रेशमाको पितालाई घर

बोल्न नस्कने ९ बर्षिय रेशमालाई गत फागुन १ गते बलात्कारपछि हत्या र हत्यापछि जलाइदिएका थिए ।



विजयकुमार साह


ढल्केवर (धनुषा) बलात्कारपछि हत्या गरिएका रेशमा रसाइली (दुतिया)को पिता देवनारायण रसाइलीलाई पूर्व मन्त्री रघुवीर महासेठले नवनिर्मित भवन हस्तान्त्ररण गरेको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिरपुरका देवनारायणलाई पूर्वमन्त्री महासेठले एक कार्यक्रमबीच घरको चाबी दिदै नवनिर्मित घर हस्तान्त्रण गरेका हुन् ।

भवन हस्तान्त्रण कार्यक्रमका प्रमुख अथिति समेत रहेका पूर्वमन्त्री महासेठले भवन निर्माणमा श्रम र आर्थिक सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिए ।

भवन निर्माणमा पूर्वमन्त्री महासेठले व्यक्तिगत १ लाख, मिनपा, सहरी विकास डिभिजन कार्यालय जनकपुर, समाजिक अभियन्ता सरोज यादव र दाह्ी ग्याङ्ग समुहलगायत स्थानीय संघ संस्थाले आर्थिक तथा भवन निर्माण सामग्री सहयोग गरेका थिए ।


रेशमा रसाइली संषर्घ समितिको अध्यक्ष उमेश जंङ्ग जगमेरको अध्यक्षतामा आयोजित भवन हस्तान्त्ररण कार्यक्रममा प्रतिनिधि सभासद जुली महतो, मिनपाका नगरप्रमुख हरिनारायण महतो, उपप्रमुख तारा लामा बस्नेत, मिथिला बिहारी नगरपालिकाका नगरप्रमुख अनिल यादव, वडा अध्यक्ष रामएकवाल महतो, नेकपा प्रदेश कमिटीका सदस्य मनोज खडका, पूर्व जिल्ला सभापति रामचलितर साह, नेकपाका कार्यकर्ता र स्थानीयबासीको उपस्थित थियो ।

रेशमाको बलात्कारपछि हत्या
बोल्न नस्कने ९ बर्षिय रेशमालाई गत फागुन १ गते बलात्कारपछि हत्या र हत्यापछि जलाइदिएका थिए । बलात्कार तथा हत्यमा संलग्न अपराधी जेल सजाय काटिरहेको छ । रेशमाको हत्या हुनुभन्दा केही दिनअघि मात्र लागलगी भएर घर जलेर नष्ट भएको थियो ।

गाउँमै भएको विवाहमा राति नाचगान हेर्न गएकी उनको शव भोली पल्ट नजिकैको उखु खेतमा शरीरको आधी भाग जलेको अवस्थामा फेला परेको थियो ।

प्रहरी चौकी स्थापना हुने
पूर्वमन्त्री महासेठले रेशमाको जस्तो जघन्य अपराध अथवा कुनै पनि अपराधी कृयाकलाप हुन नदिनका लागि यस गाउँमा प्रहरी चौकी छिटै स्थापना हुने बताए । ढल्केवरको प्रहरी कार्यालय यस ठाउँबाट निकै ढाटा भएको उनले भने ।

यस अघि रेशमाका पिता देवनारायालाई सान्त्वना दिन आउँदा यहाँका गाउँलेले शान्तिसुरक्षाका लागि प्रहरी चौकी राख्न प्रस्ताव गरेका थिए । गाउँलेले प्रस्ताव गरेअनुसार प्रहरी चौकी स्थापनाका लागि सम्बन्धित निकायमा पहल भइरहेकोले छिटै स्थापना हुने पूर्वमन्त्री महासेठले जानकारी दिए ।


रेशमाको घर जाने बाटो कालोपत्रे बन्ने
हरिहरपुरस्थित पूर्व–पश्चिम राजमार्गदेखि उत्तर रेशमाको घर भएको टोलसम्म जाने बाटो कालोपत्रे हुने भएको छ । यसका लागि सर्वे भइसको र यस आर्थिक बर्षमा १ करोड रुपैयाँ विनियोज भएकेकाले कालोपत्रे सकडको काम यसै बर्ष हुने पूर्वमन्त्री महासेठले बताए ।

‘यो १ करोडले जहाँसम्म त्यहासम्म कालोपत्रे सडक बन्छ’, ‘बाकी आउँदो आर्थिक बर्षमा’, ‘यो टोलको पुछारसम्म कालोपत्रे सडक निर्माण हुन्छ ।’ आफु भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा नै यो बाटोलाई कालोपत्रे सडक निर्माणको योजना स्वीकृत गरेको पूर्वमन्त्री महासेठ जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button