पर्यावरण अभियन्ता दिलिपको परिवारलाई व्यापारीद्वारा आर्थिक सहयोग



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) पर्यावरण अभियन्ता दिलिप महतोको परिवारलाई स्थानीय व्यवपारीहरुले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।



धनुषाको मिथिला नगरपालिकाको सदुरमुकाम ढल्केवरका व्यपारीहरुले रकम संकलन गरेर दिलिपको परिवारलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।


दिलिपको परिवारमाथि थुप्रै ऋण रहेकोले ऋण भार कम गर्ने उदेश्यले ढल्केवरका सिमित व्यापारीहरु मिलेर आर्थिक संकलन गरेको रकम उनको बुवा रामजीवन महतोलाई मंगलबार सांझ हस्तान्त्ररण गरेको बताएको छ ।
व्यपार व्यवसायी श्रीकृष्णप्रसाद महतो, कुशेश्वर महतो र जोगिन्द्र महतोको अगुवाइमा सो रकम संकलन गरिएको थियो ।
ढल्केवरका व्यापारीहरुले रकम हस्तान्त्ररण गर्नुअघि शहिद पार्कमा दिलिपको तस्वीरमा मल्यापर्ण र मैनवति बालेर श्रद्धाञ्जली दिएका थिए ।


दिलिपको बुवा रामजीवन उपर झण्डै २० लाख रुपैयाँ ऋण रहेको बुझिएको छ । उनले सो रकम छोरा दिलिपको अध्यनन र छोरीहरुको विवाहका लागि लिएका थिए ।


अध्यययन सकेर छोरा दिलिपले जागिर गरेपछि ऋण तिरौंला भनेर मनसाय बनाएका बुवा रामजीवनलाई छोरा दिलिपको हत्या भएसँगै ऋणको भारले पिरोलिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button