चुरे जोगाउन नसके प्रकोप आउन धेरै दिन नलाग्ने पुर्व राष्ट्रपती



मेरो प्रदेश सम्वाददाता
धनुषा
पूर्वराष्ट्रपति डा.रामवरण यादवले दिलिपको शोकलाई शत्तिमा बदल्नुपर्ने पर्नेमा जोड दिएका छन । मङ्गलबार धनुषाको मिथिला नगरपालिकामा दिलीप महतोको १३ औँ पुण्यतिथिको अवसरमा बोल्दै उनले सो कुरामा जोड दिएका हुन । यादवले चुरे र अवैध दोहनतर्फ सरकारको ध्यान गएन भने नेपालमा पनि अतिवृष्टि, अनावृष्टि, सुख्खा जस्तो प्रकोप आउन धेरै दिन नलाग्ने प्रस्ट पारे ।
उनले पर्यावरण संरक्षणका लागि दिलीप महतोको अभियानलाई युवाहरूले निरन्तरता दिनुपर्ने बताएका छन्।


यादवले चुरे फँडानी तथा अवैध दोहनविरुद्ध सचेत युवा र तिनै तहका सरकारलाई आफ्नो दायित्व पूरा गर्न आग्रह गरेका छन । सरकारले पटक(पटक विकासको नाममा जङ्गल मासेर राजमार्ग विस्तार गर्न लागेकोमा उनले आपत्ति जनाए। ‘मुलुकमा यति ठूलो विनास हुँदैछ । मलाई आश्चर्य लाग्छ, राजनीतिक दल र जनप्रतिनिधि यसबारेमा किन चुप छन? भित्र केही जालो छ, यसलाई भत्काउनैपर्छ,’ पूर्वराष्ट्रपति डा.यादवले भने।

अवैध दोहन तथा वन विनासले दिनानुदिन पानीको सतह घट्न लागेकाले खडेरीको सम्भावना समेत बढेको उनको भनाइ थियो । ‘सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा दिएपनी वन मासेर पानी तल जाँदैछ । पानी अभावले खेतीपाती कम भएको छ। उत्पादन घटेको छ, खानै पाएन भने कसरी सुखी हुन सकिन्छ,’ उनले टिप्पणी गरे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादवले दिलीपलाई पर्यावरण सहिद घोषणा गर्न माग गरे। दिलीपको हत्याले समाजलाई ठूलो क्षति भएको भन्दै सरकारले दोषीलाई तुरन्त पहिचान गरी कारबाही पक्रिया अघि बढाउनु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button