मिडिया विधेयक विरुद्धमा कांग्रेसको विरोध पत्र

मेरो प्रदेश सम्वाददाता
जनकपुर ः– नेपाली कांग्रेस धनुषाले मिडिया विधेयकको विरुद्धमा विरोध पत्र बुझाएको छ । नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीको अगुवाईमा पुगेका कांग्रेसका नेता कार्यकर्ताहरुले आईतवार विरोध पत्र बुझाएका हुन । नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूचना प्रविधि विधेयकले संविधान प्रदत नागरिक अधिकार हनन गर्न लागेको विषय अत्यन्तै गम्भिर रहेकोले यस्ता विधेयकहरुले लोकतन्त्रको आत्मा मानिएको अभिव्यतिm स्वतन्त्रताको हत्या हुने निश्चित रहेको सभापति गिरीले बताएका छन ।
नागरिकको फोन टयापिंग समेत गर्न सक्ने , समाजिक संजालमा कसैलाई व्यगंय गरे वापत ५ वर्ष जेल र १५ लाख जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यतिmगत गोपनियताको संवैधानिक अधिकार हनन हुने र आलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षडयन्त्र विरुद्ध यो विरोध पत्र बुझाएको उनले बताए ।
स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र सर्वत्र विरोध भएपछि केही समय स्थगन गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला संघसस्थासँग कुनै सल्लाह र परामर्श नगरी एकाएक प्रक्रिया अघि बढाएकोप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोे र सरोकारवालाहरुको मागलाई सम्बोधन गर्दै संसदमा रहेका दलहरुको सहमतिबाटै मिडिया काउन्सिल लगायत विधेयक पारित गर्न नेपाली कांग्रेस धनुषाले माग गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु आन्नद प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश सभासद प्रमिला दास , पुर्व सांसद डा.चन्द्रमोहन यादव , नेका. धनुषा सचिव विशेश्वर यादव , वरिष्ठ नेता गणेश तिवारी , किशोरी साह , क्षेत्र नं. ३ का सभापति कन्हैया कर्ण , प्रफुल्ल राज घिमिरे , नविन गोहीवार , प्रभावशाली युवा नेता प्रवेश चौधरी सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।