दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) क्रसर व्यवसायीले क्रुरुरतापूर्वक हत्या गरेको दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्न माग गर्दै नेपाली काँग्रेस धनुषाले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।


नेकाँ धनुषाले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत प्रदिप कणेलमार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधानमन्त्री कार्यालयलाई बुझाएको पत्रमा दिलिपका हत्यारालाई हदैसम्मको कार्वाही र पर्यावरण शहिद घोषणा गरी पिडित परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउन जोडदार माग गरेको छ ।

नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीको अगुवाईमा पूर्व खानोपानी मन्त्री महेन्द्र यादव, जिल्ला कोषाध्यक्ष राजलाल महतो लगायतका कार्यकर्ताले ज्ञापनपत्र बुझाएका हुन ।

अवैध नदी उत्खनन र पर्यावरण संरक्षणका कार्य गर्दै आएका दिलिपलाई गत पुष २५ गते शुक्रबार बिहान औरही खोलामा अवैध उत्खखन रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ बर्षिय दिलिप महतोलाई निर्ममतापूर्वक हत्या गरिएको थियो ।

पर्यावरण संरक्षण क्षेत्रमा सक्रिय साथ कार्य गर्दै आएका दिलिपलाई पर्यावरण जोगाउने क्रममा हत्या भएकाले उनलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग देश आवाज उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button