छात्रामाथि यौन दुव्र्यव्यवहारका घटना वडा अध्यक्षले ६० हजारमा गराए मिलापत्र



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) धनुषामा एक छात्रामाथि भएको यौन दुव्र्यव्यवहारको घटनालाई वडा अध्यक्षले ६० हजारमा मिलापत्र गराएको घटना बाहिरिएको छ ।



झण्डै एक महिनाअघि धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुरस्थित श्री जनता माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत एक छात्रा उपर सोही विद्यालयमा कार्यरत लेखापाल अनिल कुशवाहाले यौन दुव्र्यव्यवहार गरेको थियो ।


कक्षा ८ को जिल्ला स्तरीय रजिष्ट्रेसन फारम भर्न कार्यालय कोठामा आएका ति छात्रालाई एक्लो देखेर लेखापाल कुशवाहाले यौन दुव्र्यव्यवहार गरेका थिए ।


लेखापाल कुशवाहाले यौन दुव्र्यव्यवहार गरेपछि कार्यालयबाट बाहिर आएर ति छात्राले आफ्ना साथी र शिक्षक–शिक्षकाहरुलाई घटना बारे जानकारी गराएका थिए । लेखापालले छात्रामाथि यौन दुव्र्यव्यवहार गरेको घटनालाई लिएर विद्यालयमा केही बेर हो–हल्ला समेत भएको थियो । पछि यो खबर गाउँमा समेत पुगेपछि स्थानीय व्यक्तिहरुले महेन्द्रनगरस्थित ईलाका प्रहरी कार्यालयमा जानकारी गराएका थिए । जानकारी पाएर विद्यालय आएका प्रहरीलाई विद्यालय प्रशासनले यौन दुव्र्यव्यवहारका घटनालाई लुकाउँदै यस्तो केही पनि नभएको भनि विश्वास दिलाएर फर्काएका थिए ।


पछि मिनपा ३ का वडा अध्यक्ष रामएकवाल महतोको रोहबरमा अज्ञात स्थलमा बसेको बैठकबाट लेखापाल कुशवाहासँग ६० हजार क्षतिपुर्ति पिडितपक्षलाई दिलाएर घटना साम्य पारेको स्थानीयले जानकारी दिएका छन् ।

यता वडा अध्यक्ष महतोले छात्रामाथि यौन दुव्र्यव्यवहारका घटना बारे आफुलाई थाहा नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button