सर्लाहीका बुद्धिजीवी भन्छन्- , घरायसी लेनदेनका लागि ऋण कारोबार अपराध होइन  



काठमाडौं । सर्लाहीका बुद्धिजीवी तथा ऋणीले घरायसी लेनदेनका लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले घरायसी लेनदेनका लागि ब्याजमा ऋणको कारोबार गर्नुलाई अपराधका रूपमा नबुझ्न आग्रह गरेका हुन् ।


कार्यक्रममा बोल्दै कानुन व्यवसायी राजीव सिन्हाले नेपालको प्रचलित कानुनले तोकेको दररेटमा गरिने आर्थिक लेनदेनको कारोबारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् । उनले भने, ‘कसैको घरमा छोरीको विवाह गर्नुपर्ने हुन्छ, कसैको उपचारका लागि पैसा चाहिन्छ, कसैलाई वैदेशिक रोजगारमा जानका लागि तत्काल पैसा चाहिएको हुन्छ, हाम्रो समाजमा यस्ता अन्य सामाजिक गर्जो टार्नुपर्ने समस्या आइरहन्छन्, यी समस्याको समाधान गर्नका लागि पनि यस्ताखाले कारोबार विगत लामो समयदेखि (परम्परा)का रूपमा चलिआएको छ, यस्तो कारोबारलाई कानुनले पनि मान्यता तथा संरक्षण गरेको छ ।’

उनले जबसम्म राज्यले सानातिना गर्जो टार्ने वित्तीय संस्था गाउँघरमा पु¥याउने आफ्नो जिम्मेवारी पूरा गर्दैन, तबसम्म यस्तो सामाजिक व्यवस्था (परम्परा)लाई निरन्तरता दिनुपर्ने बताए ।

उनले भने, ‘अहिले त विकल्प नै नदिईकन यस्तो व्यवस्थालाई बिथोल्न खोजिएको छ ।’ उनले सर्लाहीका सञ्जय रौनियारको विरोधमा फौजदारी अभियोग दर्ता हुने अवस्था सिर्जना गरिएकामा पनि गम्भीर असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा अकौ अधिवक्ता जगदेव चौधरीले पनि नेपालको संविधान र मुलुकी देवानी संहिता–२०७४ मा लेनदेन गर्नेबारे कानुनी व्यवस्था गरेको सुनाउँदै सो व्यवस्थामाथि सर्लाहीको साहुहरूमाथि लेनदेन गरेको आधारमा फौजदारी मुद्दा लगाई धरपकड गर्ने कार्य निन्दनीय भएको टिप्पणी गरे ।

राजपा नेपालका केन्द्रीय सदस्य लालबिहारी यादव, रौनियारबाट ऋण लिएका सेवाग्राहीलगायतले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सामाजिक लेनदेनको कारोबार आवश्यक रहेको औंल्याए । उनीहरूले सामाजिक लेनदेनको आर्थिक कारोबार बन्द गर्न नहुनेतर्फ सरकारको ध्यानाकर्षणसमेत गराएका थिए ।

साभार राजधानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button