इन्स्पेक्टर यादव बिरुद्ध लाग्यो नाराबाजी



मेरो प्रदेश सम्वादाता
ढल्केवर (धनुषा) धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा पर्यावरण अभियन्ता दिलिप महतोको हत्या बिरोधमा निकालिएको बिशाल ¥यालीका सहभागिहरुले ईलाका प्रहरी कार्यालय ढल्केवरका तत्कालिन प्रहरी निरीक्षक रामकुमार यादवलाई निलम्वन गर्नुपर्ने नारा लगाएका छन् ।


शनिबार ढल्केवरमा पिछडावर्ग समाज (ओबिसी) ले आयोजना गरेको बिशाल ¥यालीका सहभागिहरुले ‘प्रहरी निरिक्षक रामकुमार यादवलाई निलम्वन गर’, ‘हत्यारा प्रहरी निरीक्षक रामकुमार यादवलाई कार्वाही गर’ ‘दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर’, ‘हत्यारालाई फाँसी दे’ जस्ता नारा लगाका थिए ।


ढल्केवर चौकबाट निस्केको ¥याली चौकको परिक्रमा गर्दै शहिद पार्कमा आएर कोण सभामा परिणत भएको थियो । कोणसभामा राजनीतिकर्मी युवा राजेश महतोले पर्यावरण अभियन्ता दिलिपको लाशलाई मुचुल्का बिना नै प्रहरी निरीक्षक यादवले शव उठाउनु अपराधमा संलग्नहरुको प्रमाण नष्ट गर्नु उद्देश्य रहेको आरोप लगाए । खोला उत्खनन बारे जानकारी गराउँदा र अवैध गिटी बालुवा ओसापसार गर्ने टिफर पक्रेर प्रहरीमा बुझाउँदा पनि बिना कार्वाही छोडनुले पनि प्रष्ट हुन्छ, ‘तस्करहरुसँग प्रनि यादवको राम्रै साठसाँठ थियो’, ‘राजनीतिकर्मी युवा राजेशले सम्बोधनको क्रममा भने ।’


कोणसभामा पिछडावर्ग समाज (ओबिसी) का केन्द्रिय अध्यक्ष रामकुमार महतोले दिलिप हत्याको दुई दिन बित्दा पनि मिनपाका मेयर हरिनारायण महतोले आफुलाई जानकारी नभएको कुरा बताउँनु हास्यापद भएको बताए । उनले दिलिपको हत्या आरोपमा प्रशासनले चार जनालाई पक्रेर फोटो प्रदर्शन गरेर मात्र हुँदैन, हत्यारा र योजनाकारहरुलाई पनि कानुनको कठघारामा ल्याउनु पर्ने जनाए । दिलिप पर्यावरण अवैध खोला उत्खननको बिरोध गर्दा सहादत प्राप्त गरेकाले प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणा गर्नु सरकारसँग जोडदार माग अध्यक्ष महतोले गरेका थिए ।

खोलाबाट भइरहेको अवैध गिट्टी बालुवा उत्खनन् कार्यलाई रोकथामका लागि कडा रुपमा बिरोध गर्दै आएका दिलिप महतोलाई गत शुक्रबार बिहान औरही खोलामा उत्खनन् माफियाहरुले क्रुरुरतापूर्वक हत्या गरेका थिए । घरदेखि करिब ५ सय मिटर पूर्वमा रहेको औरही खोलाबाट अवैध उत्खनन् भइरहेको थाहा पाएर दिलिप साथी रोशन महतोसँग अवैध उत्खनन् रोक्न खोला पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button