दिलिप हत्या प्रकरण ः ढल्केवरका बजार व्यवसाय बन्द



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) पिछाडावर्ग समाज (ओबिसी) ले दिलिप महतो हत्याको बिरोधमा पूर्व निर्धारित कार्यक्रमअनुसार धनुषाको मिथिला नगरपालिका अन्गर्ततका बजार व्यवासाय बन्द गराएका छन् ।


पिछडावर्ग समाजले दिलिप महतोको हत्यामा संलग्न प्रत्यक्ष अप्रत्यक्षहरुलाई कानुनको दायरामा ल्याउनुपर्ने र पहिलो पर्यावरण शहिद घोषणाको माग राख्दै मिनपा अन्तर्गतका बजार व्यवसाय बन्द गराएका हुन् ।

पिछाडावर्ग समाज (ओबिसी) का केन्द्रिय अध्यक्ष रामकुमार महताले पुष २९ गते प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न चरणको बिरोध प्रदर्शन गर्ने जनाएको थियो । माघ ४ गते शनिबारका दिन अति आवश्यक पसल बाहेक मिनपा अन्तर्गतका सम्पूर्ण बजार व्यवसाय बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरेको थियो ।


बजार व्यवसाय बन्दको आह्वान गरेपनि मिनपाका सदरमुकाम ढल्केवरमा बन्दको आंशिक प्रभाव परेको छ । पिछाडावर्ग समाज (ओबिसी) का कार्यकर्ताले दिलिप महतोको समर्थनमा एक दिन पसल बन्द राख्न अनुरोध गर्दै पसलहरु बन्द गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button