दिलिपलाई पर्यावरण शहिद घोषणको माग गर्दै मोटरसाइकल ¥याली



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) दिलिप महतोको हत्यारालाई कडा कार्वाही र पर्यारवण सहिद घोषणाको माग गर्दै पिछडावर्ग समाजले बिरोधका निर्धारित कार्यक्रमअनुसार धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकल ¥याली गरेको छ ।


मोटरसाइकल ¥यालीमा करिब सयको संख्याम सहभागीहरु थिए । ढल्केवरचौकबाट निस्केको मोटरसाइकल ¥याली मिनपाको प्रत्येक वडामा पुगेको थियो ।

खोलाबाट भइरहेको अवैध गिट्टी बालुवा उत्खनन् कार्यलाई रोकथामका लागि कडा रुपमा बिरोध गर्दै आएका दिलिप महतोलाई गत शुक्रबार बिहान औरही खोलामा उत्खनन् माफियाहरुले क्रुरुरतापूर्वक हत्या गरेका थिए । घरदेखि करिब ५ सय मिटर पूर्वमा रहेको औरही खोलाबाट अवैध उत्खनन् भइरहेको थाहा पाएर दिलिप साथी रोशन महतोसँग अवैध उत्खनन् रोक्न पुगेका थिए ।

दिलिप यसअघिपनि अवैध खोला उत्खननको बिरोध र पर्यावरण जोगाउन विभिन्न कार्य गर्दै आएका थिए । तिनै दिलिपको माफियातन्त्रले निर्मम हत्या गरेकाले उनको हत्यारालाई कडा कार्वाही र पर्यावरण सहिद घोषणाको माग गर्दै मोटरसाइकल ¥याली निकालेको पिछडावर्ग समाजका केन्द्रिय अध्यक्ष रामकुमार महतोले जानकारी दिए ।

पिछडावर्ग समाजले दिलिप हत्याको बिरोधमा पूर्व निर्धारित कार्यक्रम अनुसार मोटरसाइकल ¥यालीकोे आयोजना गरेको अध्यक्ष महतोले जनाए ।

अध्यक्ष महतोले माघ ४ गते मिथिला नगरपालिका अन्तर्गतका अति आवश्यक बाहेक सम्पूर्ण बजार व्यवसाय बन्द गर्ने र माघ ५ गते बलिदानी दिवसका दिन दिलिप महतोको बदिदानी दिवस समेत मनाउने बताए । यति गरेर पनि सरकारले दिलिपलाई पर्यावरण सहिद घोषणा नगरे शसक्त रुपले शान्तिपूर्ण आन्दोलन गर्ने अध्यक्ष महतोले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button