उत्खनन माफियाहरुले डकैती गरिरहेको छ ः मुख्यमन्त्री राउत



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) ‘भू–माफिया र उत्खनन माफियाहरुले चुरे दोहन मात्र गरिरहेको छैन,’ ‘डकैती गरिरहेको छ’, प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।


उनले प्राकृतिक स्रोत साधनमाथि माफियाहरुले लुट मच्याएको छ, र यस्ता माफियाहरुलाई समाप्त पार्न प्रदेश सरकार लागि परेको पनि जनाए ।

मुख्यमन्त्री राउत शुक्रबार बिहान दिलिप महतोलाई श्रद्धाञ्जली दिन मिथिला नगरपालिका वडा नं. ५ श्रीपुर आएका बेला प्रहरी प्रशासन प्रदेश सरकार मातहत नभएकाले माफियातन्त्रलाई जरैबाट समाप्त गर्न नसकिएको थपे । पर्यावरण अभियन्ता दिलिप महतोलाई गत शुक्रबार बिहान उत्खनन माफियाहरुले क्रुरुतापूर्वक हत्या गरेका थिए ।

पर्यावरण अभियन्ता दिलिपको हत्या भएपछि हत्यारालाई कडा कार्वाही र दिलिपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने आवाज देशभर गुञ्जीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button