वडा अध्यक्ष उप्रेतिले १५४ जना बृद्धबृद्धालाई कम्बल बाडे



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) धनुषाको मिथिला नगरपालिका वडा नं.७ का वडा अध्यक्ष युवराज उप्रेतिले १ सय ५४ जना बृद्धबृद्धालाई कम्बल वितरण गरेका छन् ।


बिहिबार वडा कार्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी बृद्धबृद्धालाई कम्बल वितरण गरेका हुन् । वडा नं. ७ का बृद्धबृद्धा चिसोका कारण अपुरणीय क्षति व्यहोर्नु नपरोस भनेर कम्बल वितरण गरेको वडा अध्यक्ष उप्रेतिले बताए । कम्बल पाउनेमा वडा कार्यालयबाट बृद्ध भता खाइपाई आएकाहरु हुन् उनीहरुलाई सम्मान तथा चिसोबाट बच्न वडाको बजेटबाट कम्बल वितरण गरेको उनले जनाए ।

कम्बल वितरणकै अवसरमा वडा नं. ७ का १० जना उत्कृष्ट छात्रछात्रालाई प्रोत्साहन स्वरुप शैक्षिक सामग्री वितरण गरेको वडा अध्यक्ष उप्रेतिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button