दिलिप महतोको सम्झनामा धनुषाको ढल्केवर र नकटाझिजमा दीप प्रज्वलन



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) दिलिप महतोको सम्झनामा धनुषाको ढल्केवर र नकटाझिजमा मंगलबार सांझ दीप प्रज्वलन गरेको छ ।


ढल्केवरस्थित शहिद पार्कमा पिछडावर्ग समाजको आयोजनामा दीप प्रज्वलन गरिएको थियो । त्यस अवसरमा पिछडा वर्ग समाजका केन्द्रिय अध्यक्ष रामकुमार महतोले पर्यावरण र नदीबाट अवैध उत्खनन रोक्न प्रयास गर्दा अपराधिहरुलाई निर्मम तरिकाले हत्या गरिएको दिलिप महतोलाई सरकारले पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग राखेका थिए । दीप प्रज्वलन कार्यक्रममा मिथिला नगरपालिकाका उपप्रमुख तारा लामा बस्नेत, प्रधानाध्यापक प्रदिप सिंह प्रमिला कुमारी सिंहलगायतका अधिकांश वक्ताले दिलिपको हत्यारालाई हदैसम्मको कार्वाही र पर्यावरण शहिद घोषण गर्नुपर्ने धारणा राखेका थिए ।


यसैगरी धनुषाको मिथिला नपा वडा नं. २ हजराचौकमा एभरेष्ट युवा क्लबको आयोजनामा दिलिप महतोको सम्झनामा दीप प्रज्वलन गरेका थिए ।

दीप प्रज्वलन अघि सहभागीहरुले जनकपुर–ढल्केवर सडक खण्ड २० मिनट जाम गरेका थिए । दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बिहारी महतो, पूर्व गाविस अध्यक्ष रामप्रसाद महतो, बिनोद महतो र रामऔतार महतोलगायतका वक्ताले दिलिप महतोको हत्यारालाई कडा कार्वाही र पर्यावरण शहिद घोषणाको नारा लगाउँदै गाउँ परिक्रमा गरेका थिए ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ बर्षिय ओमप्रकाश भन्ने दिलिप महतोको गत शुक्रबार बिहान ४ बजेतिर औरही खोलामा रडले घोचेर घाइते बनाई टिफर टाउकोमा किचेर क्रुरुरतापूर्वक हत्या गरिएको थियो । उनी घरदेखि झण्डै ५ सय मिटर पूर्वमा रहेको औरही खोलाबाट तस्करहरुले अवैध रुपमा गिटी बालुवा उत्खनन गरिहेको थाहा पाएर रोक्न गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button