दिलिप हत्या प्रकरण ः तस्करहरुको जाललाइ समाप्त गछौं ः कानुनमन्त्री यादव

अनुसन्धानका लागि स्पेशल टोली गठन



मेरो प्रदेश सम्वादाता
ढल्केवर (धनुषा) पर्यावरण अभियन्ता दिलिप महतोलाई श्रद्धाञ्जी तथा घरपरिवारमा सान्त्वना दिन दिलिपको घर आएका प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गिटी बालुवा तस्करहरुको जाल माथिल्लो निकायसम्म भएकाले पूर्ण नियन्त्रणमा कठिनाई भएको बताए । तर अब यस कार्यलाई समाप्त गर्न प्रदेश सरकारको पनि ध्यानाकृष्ट भएको र यसका लागि संघीय सरकारका जुनसुकै मन्त्रीसँगै समन्वय र सहकार्य गरेर यो तस्करहरुको जाललाइ समाप्त गर्ने जनाए ।


प्रदेश सरकारको मातहतमा अहिले प्रहरी प्रशासन छैन, ‘समन्वयकारी भूमिकामा छ’, ‘निर्देनात्मक भूमिकामा छैन’, ‘उनीहरुले हाम्रो आदेश मान्न बाध्यकारी नभएकैले तस्करहरुले प्रसय पाइरहेको बताउँदै यिनिहरु अब पनि सचेत नभए जनताको बीचमा गएर त्यस्ता तत्वहरुलाई नग्याउने कानुन मन्त्री यादवले थपे ।’

कानुनमन्त्री यादवले दिलिपका परिवारसँगको भेटमा पर्यावरण जोगाउने क्रममा दलिपको हत्या भएकाले पर्यावरण सहिद घोषणाका लागि प्रदेश सरकारले सहमति जुटाएर संघीय सरकारलाई पत्रचार समेत गरिसकेको र राहत स्वरुप ५ लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।

र धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ बर्षिय ओमप्रकाश भन्ने दिलिप महतोको गत शुक्रबार बिहान ४ बजेतिर औरही खोलामा रडले घोचेर घाइते बनाई टिफर टाउकोमा किचेर क्रुरुरतापूर्वक हत्या गरिएको थियो । उनी घरदेखि झण्डै ५ सय मिटर पूर्वमा रहेको औरही खोलाबाट तस्करहरुले अवैध रुपमा गिटी बालुवा उत्खनन गरिहेको थाहा पाएर रोक्न गएका थिए ।

अनुसन्धानका लागि स्पेशल टोली गठन
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले दिलिप महतोको हत्यामा संलग्न, योजनाकार जो सुकै भएपनि तिनलाई कानुनको दायरामा ल्याउन प्रदेश सरकारले सुक्ष्म अनुसन्धानका लागि स्पेशल टोली गठन गरेको बताए ।
दिलिप हत्याका अपराधिहरुको पचिहान भइसकेको र बाँकी अपराधिहरु पनि चाँडै कानुनको दायरामा आउने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button