दिलिप महतोलाई वातावरण अभियन्ता घोषणा र हत्यारालाई हदैसम्म कार्वाहीको माग



मेरो सम्वाददता
ढल्केवर (धनुषा) दिलिप महतो वातावरण अभियन्ता घोषणा र हत्यारालाई हदैसम्म कार्वाहीको माग धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।


आइतबार ढल्केवर र श्रीपुरका समाजसेवी, अधिकारकर्मी, राजनीतिकर्मी र बिद्यार्थीहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेर ढल्केवर चौकको नगरपक्रिमा गरी दिलिपको हत्यारालाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेका थिए ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ बर्षिय ओमप्रकाश भन्ने दिलिप महतोलाई शुक्रबार बिहान क्रुरुरतापूर्वक हत्या गरिएको थियो । उनलाई सोही वडामा पर्ने औरही खोलाबाट अवैध गिटी बालुवा उत्खनन माफियाहरुले पहिला रडले घोचेर घाइते बनाई टिफरले किचेर हत्या गरेका थिए ।

दिलिप खोलाबाट भइरहेको अवैध उत्खनन् रोक्न घरदेखि पूर्वमा रहेको औरही खोला पुगेका थिए । उनी वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्न पटक–पटक रोकथाम गरेका थिए ।

यता हत्या आरोप तथा अनुसन्धानको क्रममा ४ जनालाई पक्राउ गरी शनिबार राति साढे ८ बजेतिर पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button